सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारी बजारमा


सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. २ मा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सोमवार सो शाखा संचालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका छन् । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।