धितोपत्र बोर्डको अध्यक्षमा ३ जनाको नाम सिफारिस


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

समितिले पहिलो चरणमा सर्टलिष्ट भएका ५ जना मध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो । जसमा यस अघिदेखि नै अध्यक्षको दाबेदारका रुपमा हेरिएका रमेश हमाल त्यसैगरी डा. गोपाल प्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफरिस गरेको हो ।

समितिले छनौट गरेको ३ जनाको नामबाट मन्त्रीपरिषदले १ जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डको अध्यक्षको लागि १५ जनाले आवेदन दिएकोमा पहिलो चरणमा ५ जना छनौट भएका थिए भने सोमबारको द्धछनौट समितिको बैठकले उक्त सूचीबाट निरज गिरी र खगेन्द्र प्रसाद कटुवाललाई हटाउँदै ३जनाको नाम सिफरिस गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।