
नेकपा (एमाले) का सांसद मोहन बानियाँ फागुन १६ गतेदेखि निलम्बनमा परेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा बलात्कार सम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुसन्धानका क्रममा हिरासतमा परेकाले सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधान बमोजिम निलम्बन गरिएको अवगत गराएका हुन् ।
प्रतिनिधि सभाको अर्काे बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया