मंगलबार सुनको मूल्य स्थीर, चाँदीको मूल्यमा सामान्य गिरावट

0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । केही दिन अघिबाट निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार स्थीर रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनको कारोबार सोमबार पनि सोही मूल्यमा भएको थियो ।

यस्तै आज सुनको मूल्य स्थीर रहेपनि चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमरबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ

मंगलबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ४१० रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७८, मंगलबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।