
मेगा म्युचुअल फण्डले दोस्रो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ ।
यसअघि मेगा म्युचुअल फण्ड १ सञ्चालन गरिरहेको मेगा क्यापिटल अन्तर्गतको मेगा म्युचुअल फण्डले मेगा म्युचुअल फण्ड-२ नामक म्युुचअल फण्ड सञ्चालनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले फागुन ११ गते आइतबार बोर्डमा निवेदन दिएको हो ।
एक अर्ब रुपैयाँ सञ्चालनमा आउन लागेको फण्डको १० करोड इकाई निष्कासनका लागि अनुमति मागिएको हो ।
फण्डले ल्याउन लागेको म्युचुअल फण्डको कोष व्यवस्थापकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रकोष प्रवद्र्धकमा मेगा बैंक रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया