वाइको र आइएमई समुहलाई बचाउ गर्दै नेप्सेको जवाफ धितोपत्र बोर्डमा

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आइएमई समुह र वाइको प्रालीलाई बचाउ गर्दै धितोपत्र बोर्डलाई जवाफ पठाएको छ । गत फागुन ३० गते सेयर कारोबार नहुनुको कारण ब्रोकरहरुको डाटा सेन्टरमा आएको समस्या नै मुख्य देखाउँदै बोर्डलाई जवाफ दिएको हो ।

धितोपत्रको किनबेच नै नभएपछि धितोपत्र बोर्डले नेप्सेलाई ५ कार्यदिनको अवधि दिई के कारणले कारोबार रोकिएको हो र आगामी दिनमा यस्तो नहुनका लागि के गर्नुपर्छ भन्ने सन्दर्भमा अध्ययन गरेर प्रतिवेदन पठाउन निर्देशन दिएको थियो । सो समय सीमा सकिएपछि नेप्सेले बोर्डलाई जवाफ दिँदै धितोपत्र दलाल कम्पनीको डाटा सेन्टरमा समस्या आएका कारण कारोबार अबरुद्ध भएको स्पष्टिकरण दिएको धितोपत्र बोर्डका एक अधिकारीले बताए ।

“फागुन ३० गते सेयर किबेच अबरुद्ध हुनुको कारण धितोपत्र दलाल कम्पनीको डाटा सेन्टरमा समस्या आएको उल्लेख गरेको छ”, उनले भने,“यसको समाधानका लागि हरेक धितोपत्र दलाल कम्पनीको छुट्टा छुट्टै डाटा सेन्टर हुनुपर्ने भनेर नेप्सेले जवाफ दिएको छ ।” नेप्सेले अनलाइन कारोबार प्रणाली सुरु गर्नु भन्दा अघि तय गरेको मापदण्ड अनुसारको डाटा सेन्टर ब्रोकरहरुले तयार गरेको खण्डमा यस्तो समस्या आगामी दिनमा नदोहोरीने नेप्सेको भनाई रहेको उनले बताए ।
नेप्सेले वाइको तथा आइएमई समुहको सहकार्यका कारण धितोपत्र बजारमा कारोबार नै अबरुद्ध सम्म भएको विषयलाई भने लुकाएको छ । यस सन्दर्भमा भने धितोपत्र बोर्डले विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । बोर्डले पनि त्यस तर्फ समेत सोचेको ती अधिकारीले बताए । “विस्तृत अध्ययन गर्ने विषयमा पनि सोचेका छौ, ” उनले भने,“यसका लागि हामी संग भएको विज्ञताले पुग्छ पुग्दैन भन्नेमा पनि कुराकानी भैरहेको छ ।”

हालको नेप्सेको अनलाइन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा धितोपत्र ब्याक अफिसको सञ्चालन तथा व्यवस्था गर्ने कम्पनी वाइको हो । नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी नै वाइको प्राली हो । वाइकोले नेप्सेको अनलाइन कारोबार प्रणालीको मर्मत सम्भार गर्छ । त्यससंगै धितोपत्र ब्रोकरले प्रयोग गर्ने नेप्सेकै कारोबार व्यवस्थापन प्राणाली पनि वाइकोले नै सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । केही समय अघि वाइकोले आइएमई समुह संग मिलेर नयाँ कम्पनी खेलेर कारोबार व्यवस्थापन प्रणाली तथा ब्रोकर ब्याक अफिसको सञ्चालन तथा व्यवस्थापन गर्न सुरु गरेको हो ।

आइएमई समुहले वाइकोसँग मिलेर विभिन्न कम्पनी खडा गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र ब्रोकर ब्याक अफिसलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । नेप्सेले सेयर किनबेच नै गर्न नसकिने अवस्था आएको विषयलाई गम्भिर रुपमा लिएर विज्ञसहितको टोली बनाएर विस्तृत अध्ययन गर्नुपर्नेमा वाइको र आइएमई समहुलाई कसरी बचाउन सकिन्छ भन्ने तवरबाट बोर्डमा जवाफ पठाएको स्पष्ट हुन्छ ।

तर, वाइकोले नै व्यवस्थापन गर्दै आएको डाटा सेन्टरमा आएको समस्याका सम्बन्धमा भने नेप्से तथा धितोपत्र दलाल कम्पनीलाई वाइकोले कुनै पनि रिपोर्ट नदिएको एक धितोपत्र दलालले बताए । “वाइकोले नै म्यानेज गर्दै आएको डाटा सेन्टरमा के कस्तो समस्या आएको भन्ने विषयको जानकारी नेप्से तथा हामीहरुलाई गराइएको छैन्,” ती धितोपत्र दलालले भने,“नेप्सेले डाटा सेन्टरमा समस्या आएको विषयमा हामीलाई सोधपुछ पनि गरेको छैन ।”

वाइको प्रालि नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी हो । हाल धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको टीएमएस नेप्सेकै अनलाइन कारोबार प्रणालीको एउटा हिस्सा हो । उक्त टीएमएस सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको वाइको प्रालिले पछिल्लो समयमा ग्लोबल आइएमई समुहसँग मिलेर वाइको सोलुसन कम्पनीको स्थापना गरेर काम गर्न थालेको छ । वाइकोसँग नेप्सेको अनलाइन कारोबार प्रणाली मर्मत सम्भार देखि टीएमएस सञ्चालनको पूर्ण जिम्मेवारी छ ।

वाइको सोलुसनमा वाइको प्रालि र इ–सेयर सोलुसनको लगानी रहेको छ । इ–सेयर सोलुसनमा आइएमई समुह, वाइको प्रालिका प्रमूख कार्यकारी अधिकृत तथा लगानीकर्ता दिपेश प्रधान र सीडीएस एण्ड क्लियरीङका पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कम्पनी हो । यसरीे जटिल खालको कम्पनी संयन्त्रण बनाएर आइएमइ समुह, वाइको प्रालि तथा देवप्रकाश गुप्ताले धितोपत्र बजारका सबै प्रविधिक पुर्वाधारमा पहुँच राखेको सन्दर्भमा समेत नेप्सेले चासो देखाएको छैन ।

हाल धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको कारोबार व्यवस्थापन प्रणाली नेप्सेको अनलाइन प्रणालीको एक अंश हो अर्थात नेप्सेकै सम्पत्ति हो ।
नेप्सेको कारोबार प्रणाली नै वाइकोको हातमा भएर पनि धितोपत्र बजारमा सक्रिय व्यवसायिक घरानासँग वाइको प्रालिले सहकार्य गरेर नेप्सेको सम्पत्ति तथा बजारका तथ्याङ्कको गोपनियतामा आँच पु¥याउने काम गरेको देखिन्छ । यसमा धितोपत्र बोर्डले नै विस्तृत अध्ययन गर्न आवश्यक देखिन्छ ।

सम्बन्धित थप शीर्षकहरु:

आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।