
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबार तोलामा १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ १ हजार रुपैयाँले घटेर छापावावल प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा मंगलबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३९ र चाँदी प्रतिऔंस २२ दशमलव ५० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया