एक वर्षमा ३०० अंकले घट्यो पूँजी बजार, बजार पूँजीकरणमा ३ खर्ब ३२ अर्ब संकुचन

0
Shares

पछिल्लो एक वर्षमा पूँजी बजार सूचक नेप्से ३०० अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सावएजनिक गरेको तथ्याङ्क अनुसार २०७७ चैत मसान्तमा २७१४.८० रहेको नेप्से सूचकाङ्क २०७८ चैत मसान्तमा २९९.५० अंकले घटेर २४१५.३० बिन्दुमा झरेको हो ।

बजार सूचक घटेसँगै धितोपत्र बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण पनि घटेको छ । विसं २०७८ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । २०७७ चैत मसान्तमा बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रहेको थियो । समीक्षा अवधिमा ३ खर्ब ३२ अर्ब ८६ करोड रुपैयाँले घटेको हो ।

विसं २०७८ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ वटा पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै नेप्सेमा ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६७.६० प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीह?को हिस्सा ९.१ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।