एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक सेयरमा आवेदन दिने बुधवार (आज) अन्तिम दिन रहेको छ ।

बैंकले वैशाख २१ गतेदेखि १ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले उक्त सेयर खरीद गर्न आज कार्यालय समयसम्म सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १३० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नु पर्ने हुन्छ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म सेयर खरीदका लागि माग गर्न सकिनेछ ।

बोलपत्र जेठ ५ गते बिहीबार बिहान ११ बजे मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंमा खाल्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १४ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।