
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौं अधिवेशन बैठक आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सोही अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेश सभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया