सेयर कारोबार आइतबार बन्द, सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार

0
Shares

आज आइतबार नेप्से बन्द भएकाले सेयर कारोबार नहुने भएको छ ।

नेपाल सरकारले जेठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गरेको हो ।

साथै नेप्सेले आइतबार सेयर बजार बन्द भएको हुनाले शुक्रबार सेयर कारोबार गराउन थालेको हो । जेठ ६ गते शुक्रकनर पहिलो पटक सेयर बजार खुला भएर नियमित समयमा चार घण्टा कारोबार भएको छ ।

नेप्सेको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ बैशाख १३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आइतबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।