
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपराह्न ४ बजेपछि सुरु भएको संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
कृषिमा जोड, आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापनलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम निर्माण गरिएको छ ।
नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया