ङादी ग्रुप पावर लिमिटेड र वरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
ङादी ग्रुप पावरले जेठ ९ गते र वरुण हाइड्रोपावर कम्पनीले जेठ ११ गते हकप्रद बिक्रीका लागि आवेदन दिएको हो ।
दुई हाइड्रोपावर कम्पनीले कुल १ अर्ब ३२ करोड ८३ लाख ६ हजार १०० रुपैयाँ बराबरको १ करोड ३२ लाख ८३ हजार ६१ कित्ता हकप्रद बिक्रीको अनुमति मागेका छन् ।
विद्युत नियमन आयोगबाट बैशाख २३ गते स्वीकृति पाएसँगै ङादी ग्रुप पावरले १५० प्रतिशत र ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमाति मागेको हो ।
सेबोनका अनुसार ङादी ग्रुप पावरले हाल कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ एक कित्ता बराबर १ दशमलव ५ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको छ । १५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।
यस्तै बरुण हाइड्रोपावरले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको एक बराबर एक कित्ता अनुपातमा हकप्रद जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । शतप्रतिशत हकप्रद निष्काशन पश्चात बरुणको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।
ङादी ग्रुप पावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र बरुण हाइड्रोपावरको आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया