सुनको भाउ सोमबार २०० रुपैयाँले बढ्यो, चाँदीमा सामान्य वृद्धि

0
Shares

सुनचाँदीको मूल्य सोमबार वृद्धि भएको छ । आइतबार स्थीर रहेको पहेँलो धातु सुनको सोमबार मूल्य नेपाली बजारमा आइतबारको तुलनामा २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर आज सोमबार तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६२ र चाँदी प्रतिऔंस २२.२५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।