‘आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी नै हो’ : अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी भएको स्वीकार गरेका छन् । आर्थिक वृद्धिको लक्ष्य आधार सहितको भएको दाबी गर्दै मन्त्री शर्माले बजेटमा गरिएका स्रोतहरुको परिचालन गर्दा असम्भव नरहेको बताएका हुन् ।

स्रोतको आन्तरिक अधिकतम प्रयोग गर्दै रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने, आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको र सोको परिचालन मार्फत आर्थिक वृद्धि हासिल हुने उनले बताए । बजेटमा सीमा राखेर ठोस व्यवस्था गरिएको बताउँदै मन्त्री शर्माले कार्यान्वयन गर्न सरकारलाई चुनौति रहेको समेत स्विकार गरे । “त्यो चुनौति लिन पनि सरकार तयार छ,” उनले भने, “सबै क्षेत्रलाई बजेटले उत्सहित बनाएको कार्यान्वयन गर्नका लागि पनि हो ।” बजेटलाई कार्यान्वयनमा बदलेको खण्डमा भने लक्ष्य हासील सम्भव भएको बताउँदै उनले गठबन्धन सरकारले प्रयास गरेको बताए ।

उनले बजेटको आकार ठुलो भएको प्रतिकृयाको बचाउ गर्दै अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कुल ग्राहस्थ उतपादनको ३९ प्रतिशत रहेको र गठबन्धको सरकार आएपछि त्यसलाई घटाएर ३८ प्रतिशतमा झारिएको बताए । आगामी आर्थिक वर्षको बजेट पनि कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत मात्र रहेको उनको तर्क थियो ।

आगामी आर्थिक वर्षमा राजस्व संकलन वृद्धिदर १८.०१ प्रतिशत रहने बताउदै मन्त्री शर्माले भने, “चालु आर्थिक वर्षमा १८.२ प्रतिशत रहेको थियो । हाम्रा आफ्ना स्रोतहरुको परिचालन र उत्पादन बढाउने विषयमा बजेट केन्द्रित गरिएको हो ।” कृषि आयात, मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चितिमा परेको दवावलाई ध्यानमा रखेर आगामी आवको बजेट ल्याएको समेत उनले बताए ।

विगतमा बजेट आउदा आफ्नो गाँउको बाटो प¥यो कि परेन भनेर हेर्ने प्रचलनलाई तोड्दै जनताको हातमूख जोड्ने विषयमा केन्द्रित गरेर बजेट ल्याएको तर्क अर्थमनत्री शर्माले गरेका छन् । बजेटले आयात निरुत्साहित, रोजगार वृद्धि, आन्तरिक उत्पादनको सदुपयोग गर्ने तर्फ जोड दिएको उनको भनाई छ ।

“यो बजेटले राष्ट्रिय प्रतिवद्धताको माग गरेको छ,” उनले भने, “देश निमार्णका लागि सबै क्षेत्रको प्रतिवद्धता आवश्यक छ, गरीबी अन्त्य गर्ने तथा आन्तरिक स्रोतको सही परिचालन गर्न विषेश जोड दिएका छौं ।”

निजी क्षेत्रलाई उत्पादन गर्न प्रोत्साहन गर्नका लागि अधिकांस माग सम्बोधन गरेको समेत मन्त्री शर्माले बताए । सिमेन्ट तथा सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ चुनढुङगा निकासी गर्न सकिने अवस्था रहेको भन्दै मन्त्री शर्माले सोही अनुसार बजेटमा व्यवसथा गरिएको तर्क गरे ।

आगामी आवको बजेटले पुर्वाधार सुरु गर्ने क्रम मात्र जारी राख्ने परम्परालाई तोडेको समेत मन्त्री शर्माले दावी गरेका छन् । “सुरु गरिएका पुर्वाधारको निर्माण पनि पुरा हुनु पर्छ,” उनले भने, “सरकारले मात्र नभई निजी क्षेत्रलाई पनि पुर्वाधार निर्माणमा सहभागी गराउने प्रयास गरेका छौ ।”

निजगढ विमानस्थल नेपालीको सपना रहेको बताउदै मन्त्री शर्माले प्रश्न गरे, “किन नबनाउने ? हामीले सपना देख्न नपाउने ? देखोको सपमा कार्यान्वयन गर्ने प्रयास किन नगर्ने ?” पुर्वाधार बनाउने भनेर ल्याएको ऋण सर्वसाधारणको टाउकोमा राख्ने नभई आयोजनालाई नै बोकाउने गरी काम गर्न खोजेको उनले बताए । आयातित वस्तुको भन्सार बढाएर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न खोजेको समेत उनको भनाई छ । यसका आ–आफ्नो स्थानबाट सहयोग गर्न लागि सर्वसाधारणलाई आग्रह गर्दै मन्त्री शर्माले भने, “सबैले बोरामा भए पनि एउटा खुर्सानीको विरुमा रोप्नु प¥यो ।”

प्रादेशिक सन्ुतलन मिलउन प्रयास गरेको दावी गर्दै मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट ३५.६४ प्रतिशत बैदेशिक सहायतामा आधारीत थियो भने आगामी आवको बजेटले बैदेशिक सहायतालाई घटाएर ३०.७८ प्रतिशतमा सिमित गरेको जानकारी दिए । त्यसैगरी चालु आवको बजेटले आन्तरिक ऋणबाट १४.६४ प्रतिशत स्रोत जुटाउने लक्ष्य लिएकोमा आगामी आवले १४.२७ प्रतिशत स्रोत जुटाउने बताए । आगामी आवको बजेटको वृद्धिदर ९.८६७ प्रतिशत रहेको छ । चालु आवको बजेटको वृद्धिदर १०.७३ प्रतिशत रहेको छ ।

गठबन्धन सरकारले चुनावलाई केन्द्रित गर्दै बजेट ल्याएको आरोपमा जवाफ दिँदै मन्त्री शर्माले बजेटमा चुनावी कुराहरु नसमेटिएको दावी गरे । उनले उत्पादन बढाउनु, नीति लिनु चुनावी कुरा नभएको बताउँदै आत्मनिर्भर हुनु पर्छ भन्ने कुरा पनि चुनावी हुन्छ भनेर उलटै प्रश्न गरे । कर्मचारीको तलब वृद्धि निजामती ऐन अनुसार गरिएको समेत उनले स्पष्ट पारे ।

अर्थमन्त्री भन्छन् – ‘चुनावी बजेट ल्याइएको होइन’

किसानलाई सम्मान गर्ने वातावरण बनाए उत्पादन कस्ले गर्छ भन्दै मन्त्री शर्माले भने, “किसानलाइ दिने भनिएको १० प्रतिशत किसान पेन्सन योजना पनि योगदानका आधारमा हो ”
कार्याक्रममा योजना आयोग उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विपन्न वर्गमैत्री बजेट बनाउने प्रयास गरिएको बताए । “घर–घरमा कर्जा पु¥याउने महत्वकांक्षी कामको प्रयास गरेका छौ,” उनले भने, “कृषि र उद्योगलाई ध्यान दिइएको कारण आयात रोक्नका लागि हो ।”

उपाध्याक्ष पौडेलले बजेट निर्माण गर्दै गर्दा उत्पादन विनाको उपभोग, वितरण विनाको समृद्धि, प्रतिफल विनाको खर्च, स्थिरता विनाको गति र मुल्याङकन विनाको निरन्तरता जस्ता कुरालाई बहिस्कार नै गरेर बजेट तर्जुमा गरिएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।