अर्थमन्त्री भन्छन् – ‘चुनावी बजेट ल्याइएको होइन’

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट चुनावी बजेट नभएकाे स्पष्ट पारेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको पहिलो पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले विपक्षीहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको रहेको बताए । विगतकै कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफुले मुलुकको अर्थतन्त्र र मागलाई सम्बोधन गर्नेगरी जनताको आवाज बोल्नेगरी बजेट ल्याएको दाबी गरे । उनले बजेट मार्फत आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताउँदै लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिने बताए ।

बजेटपछिको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने बताए । सर्वोच्च अदालतले निजगढ विमानस्थल नबनाउन आदेश दिएपनि उक्त विमानस्थलका लागि अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ खर्च भइसकेको भन्दै उनले विमानस्थल बनाइने बताए ।

आइतबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८/७९ काे बजेटमा लगानी बोर्डमर्फत् निजगढ विमानस्थल बनाउने उल्लेख थियो । गत साता सर्वोच्च अदालतले निजगढ विमानस्थल नबनाउन आदेश दिँदै अर्को उपयुक्त ठाउँ खोजेर विमानस्थल बनाउन आदेश दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।