लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको ९.५० प्रतिशत बोनस सेयरपछि मूल्य समायेजन भएको हो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १५ गते बुकक्लोज गरेको हो । बुकक्लोजसँगै कम्पनीको सेयरमूल्य पनि समायोजन भएको हो ।

कम्पनीको बोनसपछि प्रतिकित्ता ३७६.२६ रुपैयाँ समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । मंगलबार कारोबार भएको अन्तिम मूल्य ४१२ रुपैयाँको आधार मानेर नेप्सेले बोनस समायोजन गरेको हो ।

बुधबार दोस्रो बजारुमा समायेजित सेयर मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश असार १४ गते मंगलबारसम्लम नेप्सेमा सेयर कारोबार भइ कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५०  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

कम्पनीले अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने प्रस्ताव पनि उक्त साधारण सभाबाट पारित गराउँदैछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश बारे लगानीकर्ताले निर्णय लिने अन्तिम दिन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।