लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश बारे लगानीकर्ताले निर्णय लिने अन्तिम दिन

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश लिने वा नलिने बारे लगानीकर्ताले निर्णय गर्ने दिन आज अन्तिम रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । यसर्थ, कम्पनीको लाभांश पाउन आजै सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५० % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

कम्पनीले अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने प्रस्ताव पनि उक्त साधारणसभाबाट पारित गराउँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।