सनराइज बैंकका ग्राहकहरुले आफ्नो फोटो सहितको कार्ड पाउने


सनराइज बैंकले कस्टूमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ ।

बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० की सीएनएन हिरोज अवार्ड तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी श्रीमती अनुराधा कोइरालालाई पहिलो कस्टूमाइज्ड कार्ड हस्तान्तरण गरी कार्डको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजित एक कार्यक्रममा फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।