बैंक वित्तीय संस्थाको आधार ब्याजदर कोभिड अघिको भन्दा माथि जान सक्छः गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको सुझाव संकलनको क्रममा गभर्नर अधिकारीले उद्योगी ब्यवसायी तथा बैंकहरुलाई आगामी दिनमा आधार ब्याजदर अझै बढ्ने अवस्था रहेको बताएका हुन् ।

उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको गभर्नर अधिकारीले बताए । उनले बैंकिङ क्षेत्रमा तरलता अभाव भएसँगै माग र आपूर्तिको सिद्धान्त अनुसार बढ्दै गएको उनको बुझाई छ ।

“रेटहरु बढ्दै गएको भएपछि आधार दर प्रि-कोभिडको अवस्थामा भने पुगेको छैन,”गभर्नर अधिकारीले भने, “कर्जाको औसत दरमा पनि कोरोना भन्दा अघिको अवस्था पुगेको छैन, तर, पछिल्लो अवस्थाले त्यो भन्दा पनि माथि जाने संकेत गरेको देखिन्छ ।”

चालु आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म करिब एक खर्ब रुपैयाँ पैसा बाहिर गएको बताउँदै उनले भने,“बैंकहरुले राष्ट्र बैंकबाट डलर साट्ने भएकाले स्वदेशी मुद्रा केन्द्रीय बैंकमा र डलर बाहिर जाँदा वित्तीय प्रणालीमा तरलता अभावको समस्या आयो ।” बैंकिङ क्षेत्रमा तरलता अभावको समस्याले समग्र दरहरु बढ्दै आएको समेत उनको बुझाई छ ।

पछिल्लो समयमा बचत घट्दै गएको र खर्च बढ्दै गरेको तर्क गर्ने उनले निर्यातले आयातलाई प्रतिस्थापनगर्न नसक्दावाह्यवित्तीय क्षेत्रमादबाव परेकाकारण पनि सबै अर्थतन्त्रप्रतिजिम्मेवार हुन सुझाए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्रलाई ध्यान राखेर आउने बताउँदै उनले थपे,“अर्थतन्त्रको पछिल्लो अवस्थाले सबै क्षेत्रले एक तहमा सहनुपर्ने हुन्छ ।” आगामी आवको मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा पनि उद्योगी व्यवसायीले अर्थतन्त्रको अवस्थाको बारेमा समझदार भएर दिएको गभर्नर अधिकारीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले हरेक व्यक्तिका कर्जा हेर्ने भन्दा पनि नीतिगत व्यवस्था गर्ने हो । त्यसैले मौद्रिक नीतिको कार्यान्वयन पक्षले पनि धेरै महत्व राख्ने बताउँदै उनले भने,“अर्थतन्त्रलाई ट्रयाक ल्याउने गरी नै नीति निमार्ण गर्न सहजहुने गरी सुझाव आएको छ ।”

आजका लागि भन्दा पनि भोलिको अर्थतन्त्र र बजारलाई सहजता प्रदान गर्ने गरी नीति तयार गरिने उनको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।