सुनचाँदीको भाउमा सोमबार वृद्धि, सुन तोलाको ४०० रुपैयाँले महङ्गियो

0
Shares

सुनचाँदीको मूल्य सोमबार आइतबारको तुलनामा ४०० रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको १ हजार १६५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँ घट्दा चाँदीको भाउ भने १५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७१७ र चाँदी प्रतिऔंस १८.९० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।