ग्लोबल आईएमई ब्यालेन्स्ड फण्डका सबै इकाई बिक्यो, बुधबार निष्काशन बन्द हुँदै


ग्लोबल आईएमई बैंकको प्रवर्द्दन तथा ग्लोबल आई क्यापिटलको व्यवस्थापनमा निष्काशन भईरहेको ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ का सबै इकाई बिक्री भएका छन् ।

गत असार २२ गतेदेखि १० रुपैंया अंकित मूल्यको दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन सुरु गरेको क्यापिटलले सबै इकाई बिक्री भएको जनाएको हो ।

क्यापिटलका अनुसार निष्काशन गरिएको सबै इकाई बिक्री भए पछि बुधबार कार्यालय समय पश्चात इकाई निष्काशन बन्द गर्न लागिएको हो । कोष प्रवर्द्दक ग्लोबल आई बैंकलाई १३.५ प्रतिशत अर्थात १ करोड ६२ लाख र व्यवस्थापक ग्लोबल आईएमई क्यापिटललाई १.५ प्रतिशतले हुने १८ लाख इकाई सुरक्षित गरी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

क्यापिटलका अनुसार संस्थागत तथा सर्वसाधारणबाट कोषका इकाईमा अपेक्षित माग भएसँगै इकाई निष्काशन बन्द गर्न लागिएको हो । मंगलबार मध्यान्हदेखि बुधबार साँझसम्म पर्ने अधिक आवेदनले कोषको आकार कति रकमले वृद्धि हुन्छ भन्ने निर्धारण गर्नेछ । अधिक आवेदन परेको खण्डमा कोषको आकार २५ प्रतिशतसम्म वृद्धि गर्न सकिने प्रावधान छ ।

दश वर्ष अवधिको बन्दमूखी योजनाका इकाईमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट र नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

१० वर्ष अवधिको यो याजनाले इकाईधनीलाई म्याचुरिटी पिरियडमा लाभांश र न्याभ गरेर कुल १२४.३ प्रतिशत प्रतिफल बितरण गर्ने क्यापिटलको प्रक्षेपण छ ।

योजना निष्कासन भए पछिको पहिलो ३ वर्षसम्म साढे ७ प्रतिशतको दरले लाभांश वितरण गर्ने प्रक्षेपण गरेको क्यापिटलले त्यस पछिका २ वर्ष दश दश प्रतिशत, त्यस पछिका २ वर्ष चौध चौध प्रतिशत, त्यस पछिका २ वर्ष सोह्र सोह्र प्रतिशत र अन्तिम वर्ष १७ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । लाभांश र न्याभको औषतका आधारमा लगानीकर्ताले वार्षिक १२.४३ प्रतिशतका दरले प्रतिफल पाउने प्रक्षेपण क्यापिटलको छ ।

‘बुक बिल्डिङ प्रभावकारी भए क्यापिटल गेनमा भर पर्नुपर्ने अवस्थामा कमी आउँछ’-पारसमणि ढकाल

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।