सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ८ प्रतिशत घट्यो, ३२ करोड १० लाख आर्जन

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ३२ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८.३२ प्रतिशतले कम हो ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९२ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा पावत ४१ करोड ७९ लाख २३ हजार रुपैयाँ र लगानी कर्ता तथा अन्य आयबाट ९ करोड ८० लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड २६ लाख १७ हजार रुपैयाँ सञ्चित छ । यस्तै बीमा कोषमा १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २४.९३ रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवमा ३१.२७ रुपैयाँ रहेको कम्पनीको इपिएस नाफा घटेसँगै ६.३४ रुपैयाँले घटेको हो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २२२.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.८१ गुणा छ ।

कम्पनीले यस अवधिमा १ लाख ७९ हजार ९३ वटा बीमालेख जारी गरी २ अर्ब ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवभन्दा ६६ हजार ९६५ कम बीमालेख जारी गरेको कम्पनीले कुल बीमाशुल्क भने २५ करोड ७१ लाख धेरे संकलन गरेको हो ।

गत आवमा कम्पनीले १० हजार १४१ वटा दाबी वापत १ अर्ब ३७ करोड १२ लाख ८९ रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ९५२ वटा दाबी वापत १ अर्ब ३७ करोड ८४ लाख ५१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच २०७९ असार २७ गते सोमबार मर्जरमा जाने सम्झौता भएपछि नेप्सेले असार २८ गते देखि दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार  ०९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।