प्रभु क्यापिटलले सार्वजनिक गर्यो जनचेतनामूलक भिडियो ‘आशा’


प्रभु क्यापिटलले जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा जनचेतनामूलक भिडिओ आशा सार्वजनिक गरिएको क्यापिटलले जनाएको छ ।

विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नहोउन् भन्ने उद्देश्यले बालदिवसका दिन प्रभु लिटल च्याम्पियन्स योजना सुरु गरेको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै विषयलाई लिएर क्यापिटलले ‘आशा’ नामक जनचेतनामूलक भिडियो सावर्जनिक गरेको जनाएको छ । भिडियोको मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरु, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका बालबालिकाहरुले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको क्यापिटलको भनाई छ ।

यो संख्या दिनप्रतिदिन थपिदै गएको जनाएको क्यापिटलले भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको र यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।