सयपत्री हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुने, ९५% काे हात खाली हुँदै

0
Shares

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बिहान बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा मंगलबार बिहान १० बजे आईपीओ बाँडफाँड हुनेछ ।

साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त साधारण सेयरको आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको थियो ।

कम्पनीको सेयरमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जसअनुसार कम्पनीके आईपीओमा आवेदन दिएकामध्ये ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् ।

जसमा ६७ हजार ५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले ६ लाख ७० हजार ५८० कित्ता सेयर बाँडफाँड हुनेछ । सर्वसाधारणबाट आवेदन मागिएको मध्ये बाँकी रहेको ६ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्येबाट ६ जनालाई पुनः थप १।१ कित्ता गरी ६ जनालाई कुल ११ कित्ता बाँडफाँड हुनेछ । कम्पनीको आईपीओ आवेदन गरेकामध्ये ९५ प्रतिशत बढी अर्थात १४ लाख ५६ हजार लगानीकर्ताको हात खाली हुनेछ ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

प्राशोधन नभएको तथ्याङ्कका आधारमा हेर्दा अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ वटा आवेदन मार्फत २५.७१ गुणा धेरै अर्थात १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको माग परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार  १८ : २१ बजे