हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा लगातार तेस्रो कारोबार दिन बुधबार सकारात्मक सर्किट लागेको छ । सोमबारदेखि दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य तीन दिन सर्किट मूल्यमा बढेको हो ।
बुधबार कम्पनीको सेयर ९.९७ प्रतिशत अर्थात २७.५० रुपैयाँ बढेर ३०३.३० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर खरिदमा उच्च माग छ भने बिक्रीतर्फ शुन्य रहेको छ । नेप्सेमो टिएमएसमा कम्पनीको सेयर सर्किट मूल्यमा ३७१ वटा खरिद आदेश मार्फत १ लाख ३५ हजार ५८४ कित्ता सेयरको माग छ । उता बिक्रीतर्फ कुनैपनि आदेश रहेको छैन ।

बुधबार साढे १ घण्टा अवधिमा कम्पनीको ५ हजार ६७० कित्ता सेयर १७ लाख १९ हजार १७१ रुपैयाँमा खरिद बिक्री भएका छन् । मंगलबार १ हजार ३०८ कित्ता र सोमबार ७८० कित्ता सेयर कारोबारमा आएको थियो । मंगलबार ३ लाख ६० हजार २५६ रुपैयाँ र सोमबार १ लाख ९३ हजार ३४० रुपैयाँको सेयर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया