आयातित पेट्रोलियम पदार्थको मूल्य आकासिँदा यूरो क्षेत्रको व्यापार घाटा बढ्दै गएको छ ।
युरोस्टाटले सार्वजनिक गरेको तथ्यांक अनुसार युरोपियन युनियनको व्यापार घाटा जुन महिनामा २४.६ बिलियन यूरो पुगेको छ । गत वर्षको जुन महिनामा युरोपियन युनियनले अन्तर्राष्ट्रिय व्यापारबाट १७.२ बिलियन युरो आम्दानी गरेको थियो ।
युरोपियन युनियनका कुल १९ राष्ट्रहरुमा रुसबाट पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको आपूर्ति गर्दै आएको थियो । फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युरो क्षेत्रमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिका कारण युरो क्षेत्रको व्यापार घाटा बढेको युरोस्टाटले जनाएको छ ।
यसैगरी सन् २०२०मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण युरोपियन युनियनले गर्ने निर्यात खुम्चिएको थियो । पूर्वी युरोप युद्धग्रस्त भएपछि इन्धन, खाद्यान्न तथा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा व्यापार घाटा बढ्न पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया