५४ लघुवित्तले गत आर्थिक वर्षमा कमाए १२ अर्ब खुद नाफा, कुनको कति ?


नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भई दोस्रो बजारमा सेयर कारोबार हुँदै आएका मध्ये ५४ लघुवित्तले गत आर्थिक वर्षमा ११ अर्ब ९४ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

गथ आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार लघुवित्तहरुले ६८ लाख ९३ हजारदेखि १ अर्ब ३ करोड २२ लाख रुपैयाँसम्म खुद नाफा कमाएका हुन् । औसतमा १ लघुवित्तको खुद नाफा २२ करोड ११ लाख ३८ हजार रुपैयाँ हुन आउँछ ।

छिमेक लघुवित्तले सबैभन्दा धेरै अर्थात १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अर्ब निर्धन उत्थानले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उल्लेखित २ लघुवित्तले मात्र अर्ब बढी नाफा कमाएका हुन् । ५४ करोडदेखि ८५ करोडसम्म खुद नाफा कमाउने लघुवित्तको संख्या ६ छ भने १० करोडदेखि ४४ करोडसम्म खुद नाफा कमाउने लघुवित्तको संख्या २४ छ ।

१० करोडभन्दा कम खुद नाफा कमाउने लघुवित्तको संख्या २२ छ । आदर्श लघुवित्तले सबैभन्दा थोरै अर्थात ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

कुन लघुवित्तको खुद नाफा कति ? यस्तो छ तथ्यांक

पुँजीको आकार तथा व्यवसायको प्रकृतिका आधारमा लघुवित्त कम्पनीहरुको खुद नाफालाई मात्र आधार मान्न उचित नहुन सक्छ । प्रतिसेयर आम्दानीका आधारमा हुने तुलना बढी प्रभावकारी हुन सक्छ ।

गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानीका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा छ । महिला लघुवित्तको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा छ भने दोस्रो स्थानमा रहेको फरवार्ड माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १०० रुपैयाँ १० पैसा छ । १२ रुपैयाँ २८ पैसा सहित गणपति लघुवित्त प्रतिसेयर आम्दानीका आधारमा सबैभन्दा तल छ ।

१२ रुपैयादेखि २० रुपैयाँसम्म प्रतिसेयर आम्दानी भएका लघुवित्तको संख्या १० छ भने २० देखि ३० हुनेको संख्या १२ छ । त्यसैगरी १४ लघुवित्तको प्रतिसेयर आम्दानी ३० देखि ४० रुपैयाँ छ भने ९ लघुवित्तको ४० देखि ५० छ । बाँकी ९ लघुवित्तको प्रतिसेयर आम्दानी ६१ रुपैयाँदेखि १०१ रुपैंया ७६ पैसासम्म छ । ५४ लघुवित्तको औसत प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा हुन आउँछ ।

कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति ? यस्तोछ तथ्यांक

चुक्ता पुँजीका आधारमा २ करोड ७ लाखदेखि २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँसम्म रहेको लघुवित्त कम्पनीको औसत चुक्ता पुँजी ५४ करोड ४१ लाख ६१ हजार रुपैयाँ छ ।
आदर्श लघुवित्तको चुक्ता पुँजी सबैभन्दा कम अर्थात २ करोठ ७ लाख रुपैयाँ छ भने छिमेक लघुवित्तको २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ छ । निर्धन उत्थानको २ अर्ब १९ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ भने ७ लघुवित्तहरुको चुक्ता पुँजी १ अर्ब ३ करोड १ अर्ब ७३ करोड छ ।

५० करोडदेखि ९९ करोडसम्म चुक्ता पुँजी हुने लघुवित्तको संख्या ११ छ भने २० देखि ४९ करोड रुपैयाँसम्म हुनेको संख्या १८ छ । ११ लघुवित्तको १० देखि १७ करोड रुपैयाँ चुक्ता पुँजी छ भने ५ वटाको १० करोडभन्दा तल छ ।

कुन लघुवित्तको चुक्ता पुँजी कति ? यस्तो छ तथ्यांक

राष्ट्र बैंकको अनुमति पाएका ६५ मध्ये ८ लघुवित्तको साधारण सेयर निष्काशन हुन बाँकी

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।