राष्ट्र बैंकको अनुमति पाएका ६५ मध्ये ८ लघुवित्तको साधारण सेयर निष्काशन हुन बाँकी


नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका लघुवित्तको संख्या ६५ छ । राष्ट्यिस्तरका, प्रदेशस्तरका, ४ देखि १० जिल्ला, १ देखि ३ जिल्ला र १९ जिल्ला कार्यक्षेत्र भएका गरी ६५ लघुवित्त संस्थालाई राष्ट्र बैंकले सञ्चालन अुनमति दिएको हो ।

कार्यक्षेत्रका साथै कार्य प्रकृति अनुसार सानो रकमको चुक्ता पुँजी भएका देखि ठूलो आकारको पुँजी भएका लघुवित्त संस्थाहरु सञ्चालनमा छन् । जसमा ८ लघुवित्त संस्थाले सर्वसाधारणमा सेयर निष्काशन गरेका छैनन् ।

राष्ट्र बैंकबाट सञ्चालन अनुमती पाएका ६५ लघुवित्त संस्थाहरुको विवरण यस्तो छ ।

उल्लेखित लघुवित्तहरुमध्ये साधारण सेयर निष्काशन नगरेका ८ लघुवित्त रहेका छन् । जसमा खप्तड लघुवित्तले भदौ ८ गतेदेखि १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । बाँकी ७ लघुवित्त संस्थाहरु युनिक नेपाल, बुद्द ज्योती, स्वस्तिक, श्रृजनशील, बिपिडब्लू, अत्मनिर्भर र सुपर लघुवित्त रहेका छन् ।

अभियान लघुवित्तले भने केही दिन अघि मात्र साधारण सेयर बाँडफाँड गरिसकेको छ भने धौलागिरी लघुवित्तको सेयर निष्काशन पूरा भई बाँडफाँड हुन बाँकी छ ।

आईपीओ निकाल्न बाँकी ८ लघुवित्तको अवस्था के छ ?

खप्तड र श्रृजनशिल लघुवित्तले धितोपत्र बोर्डबाट आईपीओ बिक्री गर्न साउन १० र १८ गते क्रमशः अनुमति पाइसकेका छन् । विपिडब्लू र आत्मनिर्भर लघुवित्तले सेयर जारी गर्न धितोबोर्डसँग अनुमति मागेकाले ती कम्पनीको आईपीओ बोर्डको पाइपलाइनमा रहेको छ ।

युनिक नेपाल लघुवित्त र नेप्सेमा सूचीकृत घोडीघोडा लघुवित्तबीच मर्जर भएपछि कम्पनीले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्न सेबोनको अनुमति मागेको छ । बुद्धज्योति लघुवित्त अर्को सूचीकृत कम्पनी मिर्मिरे माइक्रोफाइनान्ससँग प्राप्तीमा गएको छ ।

स्वस्तिक र समाज लघुवित्तबीच मर्जर सम्झौता भएपनि समाजको साधारण सभाले अस्वीकृत गरेपछि दुई कम्पनीबीचको सम्झौता भङ्ग भएको छ । सुपर लघुवित्तले भने हालसम्म आईपीओ निष्काशनको काम अगाडि बढाएका छैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।