युनाइटेड सिमेन्ट्सद्धारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

0
Shares

युनाइटेड सिमेन्ट्सले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

कम्पनीले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो ।

भदौ २२ गते बुधबार का नगरपालिका कार्यालयमा धुनिबेसी नगरपालिका उप प्रमुख सुरज उप्रेती, वडा नम्बर–९ का अधक्ष माधव प्रसाद सिलवाल, पूर्व वडा अधक्ष साहिला राईका साथै विभिन्न संघसंस्था तथा प्रहरी प्रशासनका उच्च अधिकारीको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको बताए ।

उनले वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि वर्ष पहिले एम्बुलेन्स हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको, विभिन्न सामुदायिक बिद्यालयहरुमा शैशिक सामाग्री सहयोग गरेको जानकारी दिए ।

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङ्गमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले विगत ७ वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो बहन गरेको अनि आउने दिनहरुमा पनि यसै समाजको तथा स्थानियवासीको हितमा हुने बिभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता कम्पनीले जायर गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष सिलवालले युनाइटेड सिमेन्ट्सको कार्य एकदमै प्रसंशनिय रहेको बताउँदै भने, “एउटा घरमा यदि महिलाले सिप जानेकी छिन् भने, उनले सम्पूर्ण घरलाईनै आर्थिक तथा सामाजिक रुपमा ब्यबस्थित गर्न सक्छिन । कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेको नै उसलाई दिगो आर्थिक विकास तथा स्तरउन्नतिको बाटोतर्फ लम्कन सिकाउनु हो ।”

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।