अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति पर्ने ?


चितवन । आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को तीन सय ९०, ठूलो अण्डा चार सय १० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य चार रुपैयाँ सय २५ रुपैयाँ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार  ०६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।