दसैंँ-तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर सार्वजनिक

0
Shares

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘स्काइवर्थ क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न कम्पनीले जनाएको छ।

विगत ५ वर्षदेखि स्काइवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ ।

स्काइवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ ।

ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काइवर्थको विश्वास रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।