सिबिआईएल क्यापिटल लिमिटेडले असोज २८ गते १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । यस आधारमा असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया