सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता कित्ता सेयर असोज १२ गते बुधबारदेखि लिलामी बिक्रीमा आएको छ ।
लघुवित्तको संस्थाका ७ जना संस्थापक सेयरधनीहरुको संस्थापक समूहको ५६ हजार १४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु तथा इच्छुक अन्य व्यक्ति तथा संघसंस्थाले समेत आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले संस्थाको सेयर रजिष्ट्रार कुमारी क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा ३५ दिनभित्र खरिद आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया