आशा लघुवित्तको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज ( असोज १२ गते ) अन्तिम दिन रहेको छ ।

लघुवित्तले गत असोज ४ गतेदेखि प्रक्रिया मार्फत सो सेयरको बिक्री खुला गरेको थियो । लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्य अंकित गरी प्रतिस्पर्धी दरमा बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि लगानीकर्ताले खरिद आवेदन पेस गर्न सक्नेछन्।

प्रभु क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा कार्यालय समयभित्र बोलपत्र पेश गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।