एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित भएको छ ।

असोज १३ गते बिहीबार बाराको होटल क्लासिक सिमरामा सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाबाट सो लाभांश अनुमोदन भएको हो । गत आर्थिक वर्ष २०७७।७८ बाट कम्पनीले सो लाभांश प्रस्ताव गरेको थियो ।

सभाले संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि एशियन लाइफले असोज ४ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार असोज ३ गतेसम्म कायम सेयरधनीलाई मात्रै लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।