सुनको भाउ असोज २४ गते सोमबार तोलामा ८०० रुपैयाँ तथा चाँदीको भाउ २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेपछि सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९५ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार सुन प्रतितोला ३ हजार रुपैयाँ बढेर छापावाल ९६ हजार रुपैयाँ र तेजावी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको भाउ ८५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
दशैंअघि असोज १४ गते शुक्रबार पछि आठ दिनपछि मूल्य तोकेका कारण सुन चाँदी दुबैको भाउमा आइतबार उच्च वृद्धि भएको हो । बडा दसैं विदाका कारण असोज १४ गते सुनको भाउ निर्धारण भएपछि ८ दिन अर्थात असोज २२ गतेसम्म सुनको भाउ तोकिएको थिएन ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६८७ डलर तथा चाँदी प्रतिऔंस १९.७२ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया