सुनको भाउ २ सयले बढ्यो, चाँदीमा भने थप १५ रूपैयाँ गिरावट

0
Shares

सुनको भाउ असोज २६ गते बुधबार तोलामा २०० रुपैयाँले बढेको छ । उता आज चाँदीको भाउ भने थप १५ रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मूल्य बढेपछि आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार सुन प्रतितोला १२ सय रुपैयाँ घटेर छापावाल ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार पनि सुन तोलामा ८०० र चाँदी २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६७ डलर तथा चाँदी प्रतिऔंस १९.१४ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।