धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.१५ अङ्कले उकालो लागेर १८७० दशमलव ६३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ अङ्कले उकालो लागेर ३६७ दशमलव १४ मा पुगेको छ । आज कुल २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहगत सूचकमध्ये आज जलविद्युत्को मात्रै सूचकमा गिरावट देखिएको छ । अरु सबै वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार ७८९ रुपैयाँ बराबर कायम भएको छ ।
कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको ३ करोड ४० लाख ३५ हजार २०० बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स ३ करोड २७ लाख २६ हजार १६५ रुपैयाँ, शिवम् सिमेन्ट २ करोड ९१ लाख १७ हजार १०९ रुपैयाँ, रिडीपावर कम्पनी २ करोड ८३ लाख ६६ हजार ८६३ रुपेयाँ र हिमालयन डिस्टिलरीको २ करोड ८२ लाख ३६ हजार ३०६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार अभियान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना ८.१४, सामुदायिक लघुवित्त ५.१६, शिवम् सिमेन्ट ३.१७ र सबैको लघुवित्तका लगानीकर्ताले ३.६३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै सिटिजन म्युचुअल फण्ड–२ को ४.४५, एभरेष्ट बैंक ३.८३, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ३.४७, ग्लोबल आइएमई समुन्नत कोष–१को ३. ४६ र गणपति लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया