तिहारपछि आइतबार सुनचाँदी दुबैको भाउ घटेकोमा सोमबार आज दुबैको भाउ स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १४ गते सोमबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
हिजो कात्तिक १३ गते आइतबार सुन तोलामा १ हजार तथा चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य केही घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ डलर घटेर १६४२ डलर तथा चाँदी प्रतिऔंस १३ डलर घटेर १९.१३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया