पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको हकप्रद बिक्री खुल्यो

0
Shares

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयरको बिक्री आज (कात्तिक १५ गते) देखि बिक्री खुला गरेको छ ।

कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरूका लागि १० सेयर बराबर ३ सेयरको अनुपातमा ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० अंकित दरको उक्त हकप्रद खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिनेछ । यो हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । 

खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्वर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको बोर्ड अध्यक्षमा माणिकरत्न शाक्य, कर्णप्रसाद देव भण्डारी, राजेन्द्र शाक्य, ज्ञान प्रसाद श्रेष्ठ, धनश्याम न्यौपाने र यमलाल रिजाल रहेका छन् । कम्पनीको प्रबन्ध सञ्चालक यमलाल रिजाल छन् । कम्पनीले ग्रामिण विकास लघुवित्त, सिद्धकाली पावर, लुम्बिनी विकास बैंक, जनता बैंक (हाल ग्लोबल आईएमई), कन्चनजंगा हाउजिङ्ग र मकालु डेभलपर्स लिमिटेडमा संस्थापक सेयर लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।