गरिमा विकास बैंकले साढे ६६ करोड लाभांश बाँड्ने

0
Shares

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनीलाई कुल ६६ करोड ५६ लाख ७६ हजार ६५७ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट १३ प्रतिशत (५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ) बराबरको बोनस सेयर र कर तिर्न १.५० प्रतिशत नगद (६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवमा १६ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले १.५० प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।