गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
राहत सामग्रमिा कार्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका थिए ।
जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिए । सो ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।

‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न लत्ता कपडा आदी राहत हस्तान्तरण गरेको छ । यसले भुकम्पबाट पीडितहरुलाई तत्कालै सानो भएपनि राहत मिल्ने हाम्रो अपेक्षा हो ।’ थापाले भने । एनआरएनएले २०७२ सालको भुकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।
एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार ७५० बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भुकम्प पीडीतहरलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया