नेप्सको ओरालो यात्रामा ब्रेक, बजार २१ अंकले बढेपनि कारोबार भने अर्बमुनी

0
Shares

लगातार पाँच कारोबार दिन ८२ अंकले घटेको नेप्सेमा छैटौं दिनमा दोहोरो अंकले बढेको छ । नेप्सेको ओरालो यात्रामा ब्रेक भएपनि कारोबार रकम भने अपेक्षित रुपमा वृद्धि हुन सकेन ।

सोमबार नेप्से १.१३ प्रतिशत अर्थात २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.५० अंकले बढेर ३७५.०३ बिन्दुमा पुगेको छ ।

आज कूल २२६ वटा कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार ५२१ रूपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबारको तुलनामा कारोबार रकम १७ करोड ११ लाख धेरै हो ।

सोमबार कारोबार भएको १३ उपसमूहगत सूचकमध्ये सबै उपसमूह उकालो लागेका छन् । उत्पादन तथा प्रशाोधनमुलक इन्डेक्स सबैभन्दा धेरै ३.१३ प्रतिशतले बढेको छ । फाइनान्स, अन्य, विकास बैंक, होटलको सूचक २ प्रतिशत धेरैले बढेका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८.९९ करोड, ङादी ग्रुप पावर ७.८३ करोड, गोर्खाज फाइनान्स २.५३ करोड र नेष्डो समृद्ध लघुवित्तको २.४७ करोडको सेयर खरिद बिक्री भएको छ ।

सोमबार तारागाउँ रिजेन्सी होटलको सेयर लगानीकर्ताले सर्वाधिक नाफा सुरक्षित गरेका छन् । होटलको सेयरमूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेर ३८३ रूपैयाँ पुगेको छ । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ८.३९, बुद्धभुमी नेपाल हाइड्रोपावर ७.२९, रिभल फल्स पावर ७.२५ र लिवर्टी इनजीको सेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ ।

उता सोमबार दिन लक्ष्मी इक्विटी फन्डको इकाईमूल्य सबैभन्दा धेरै घटेको छ । फन्डको इकाई मूल्य ६.५८ प्रतिशतले घटेर ७.५३ पैसामा झरेको छ । ङादी ग्रुप पावर ५.२० प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ३.२० प्रतिशत, सिंगटी हाइड्रोपावर २.९५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य १.९९ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।