रूरू जलविद्युतको खुद नाफा ३ करोड ३९ लाख बढी

0
Shares

रूरू जलविद्युत् कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा ३ करोड ३३ लाख ३५ हजार खुद नाफा गरेको कम्पनीको नाफा १.९५ प्रतिशतले बढेको हो । वित्तीय आम्दानीले बढेपछि रूरू जलविद्युतको नाफा बढेको हो ।

असोजसम्म कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा ५ रोड १५ लाख ९० हजार विद्युत बिक्री आम्दानी भएको थियो । समीक्षा अवधिमा विद्युत् बिक्री आय ३ प्रतिशत घटेको छ ।

गत आवको पहिलो त्रैमासमा १ लाख ९ हजार रहेको कम्पनीको वित्तीय आम्दानी बढेर २३ लाख ८८ हजार पुगेको छ । यस्तै वित्तीय खर्च २७.३४ प्रतिशत घटेर ३३ लाख ९६ हजार मात्र गरेको छ । यसले पनि कम्पनीको नाफा बढेको हो ।

चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १७ करोड २० लाख १ हजार सञ्चित हुँदा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.३५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा पुँजी स्थीर रहेको कम्पनीको जगेडा कोष ११६.७५ प्रतिशत बढको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।