राधी विद्युतको विद्युत बिक्री आय घट्दा पनि १४% बढ्यो नाफा

0
Shares

राधी विद्युत कम्पनीको बिजुलीबाट बिक्री आम्दानी घट्दा पनि खुद नाफा १४.१९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी बढेपछि नाफा बढेको हो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेर ४ करोड ९ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड १० लाख रुपैयाँ कमाएको थियो ।नेपाल विद्युत् प्राधिकरणको ३३ के।भी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा त्यसकाृे असरले विद्युत् उत्पादनमा असर पुग्दा बिद्युत बिक्री आय घटेको कम्पनीको भनाई छ ।

जलविद्युतको व्यापारिक उत्पादन सुरु गरेका मितिले पहिलो सात वर्षसम्म पुरै आयकर छुट पाउने र त्यसपछिको ३ वर्षसम्म ५० प्रतिशत छुट पाउने व्यवस्था छ । कम्पनीले व्यापारिक उत्पादन सुरु गरेको ७ वर्ष पुरा भइसकेकाले २०७८ असारबाट तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउने व्यवस्था अनुसार आयकर बुझाउँदा नाफामा असर पुगेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी वार्षिक १२.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.२१ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.९० गुणा छ । कम्पनीको अन्य इक्विटी १८ करोड २६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ७१ लाख ७२ हजार रुपैयाँबाट घटेर ६५ लाख ८२ हजारमा झरेको छ । अन्य स्रोतबाट हुने आम्दानी गत आवको प्रथम त्रैमासमा ७ लाख २० हजार रुपैयाँ रहेकोमा यो वर्ष बढेर १० लाख ६२ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार  ०९ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।