माउन्टेन इनर्जीले १० प्रतिशत लाभांश बाँड्ने

0
Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को कायम चुक्ता पुँजीको १० प्रतिशत नगद र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले पहिलो पटक सेयरधनीलाई लाभांश वितरण गरेको हो । २०७७ मंसिर पहिलो सातामा सर्वसाधारणमा आईपीओ जारी गरेर मंसिर १७ गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।