ठुला दलको १२ बजाउँदै ११ घण्टी


गत २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मतदाताले विकल्प खोजेको नतिजाले स्वतन्त्र उम्मेदवारहरुको उदय भयो ।

अहिले संघ र प्रदेशसभाको निर्वाचनमा मतदाताले स्थानीय तह निर्वाचनमा भन्दा धेरै विकल्प खोजेको मतगणनााको प्रारम्भिक तथ्यांकले देखाईरहेको छ ।

मतदाताहरुले वैकल्पिक बाटो रोज्दै सिमित दल र तिनका उम्मेदवारलाई मात्र भोट दिने चलनबाट माथि उठेसँगै मुलधारका दल र लामो समय राजनिति गरेर खारिएका भन्नेहरु अहिले बढारिने पो हुन् कि भन्ने अवस्था देखिएको छ ।

देशव्यापी रुपमा ठुला राजनितिक दलका उम्मेदवारहरुलाई स्वतन्त्र र नयाँ दलका उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । यस क्रममा पहिलो पटक निर्वाचनमा सहभागिता जनाएको राष्ट्रिउ स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अधिकांश निर्वाचन क्षेत्रमा राम्रो मत ल्याईरहेका छन् ।

विशेष गरी शहरी क्षेत्रमा राम्रो पकट देखिएको उक्त पार्टीका ११ जना उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । यो सामग्री तयार पार्दासम्म नेकपा एमालेका २ उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल र सुरेन्द्र प्रसाद पाण्डेलाई घण्टीका उम्मेदवारहरु फराकिलो मतान्तरले अग्रता कायम गरिरहेका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३३१९ मतसहित अग्रता कायम गरिरहेका छन् । पौडेललाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २८९१ मतका साथ पछ्याईरहेका छन् ।

उता चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले ६७१२ मतसहित अग्रता कायम गरिरहेका छन् । ढकाललाई एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ४४०४ मत सहित ढकाललाई पछ्याइरहेका छन् ।

यता निर्वाचन आयोगकै कारण चर्चा चुलिएकी तोसीमा कार्कीले ललितपुरमा ६२६९ मतसहित अग्रता लिइरहेकी छिन् । उनलाई नेकपा एमालेका अमृत खड्काले ४७१० मतसहित पछ्याइरहेका छन् ।

घण्टी चुनाव चिन्हका अरु उम्मेदवारे कहाँ कहाँ लिइरहेका छन् अग्रता ?

अग्रता कायम गरेका रास्वपाका उम्मेदवारहरुको विबरण

क्र सं

उम्मेदवार

 

मत

 

दल

 

निर्वाचन क्षेत्र

निकतम

 

मत

 

दल

 

हरि ढकाल

६७१२

रास्वपा

चितवन १

सुरेन्द्रप्रसाद पाण्डे

४४०४

नेकपा एमाले

गणेश पौडेल

३३१९

रास्वपा

रूपन्देही २

विष्‍णुप्रसाद पौडेल

२८९१

नेकपा एमाले

तोसीमा कार्की

६२६९

रास्वपा

ललितपुर ३

अमृत खड्का

४७१०

नेकपा एमाले

सोविता गौतम

५३३४

रास्वपा

काठमाडौं २

मणिराम फुयाल

३८०१

नेकपा एमाले

शिशिर खनाल

४०८८

रास्वपा

काठमाडौं ६

भिमसेन दास प्रधान

२६०८

नेपाली कांग्रेस

गणेश पराजुली

३४४५

रास्वपा

काठमाडौं ७

श्‍याम कुमार घिमिरे

३३५४

नेकपा एमाले

विराज भक्त श्रेष्ठ

६१०९

रास्वपा

काठमाडौं ८

सुमन सायमी

४६१३

हाम्रो नेपाली पार्टी

लाल बिक्रम थापा

८९४

रास्वपा

सुनसरी २

सिताराम महतो

७०५

नेपाली कांग्रेस

कमल बाबु मैनाली

८२९

रास्वपा

सुनसरी ३

भगवती चौधरी

७३४

नेकपा एमाले

१०

शम्भु प्रसाद ढकाल

६५८२

रास्वपा

झापा ४

लाल प्रसाद साँवा लिम्बू

६२२९

नेकपा एमाले

११

माधव प्रसाद कंडेल

२४३१

रास्वपा

कास्की २

विद्या भट्टराई

२२५७

नेकपा एमाले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन २ मा आफ्नो मतान्तर घटाउँदै लगेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३६२३ मतसहित अग्रता कायम गरिरहेका छन् भने नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३२१६ र रवि लामिछानेले २९७८ मत ल्याएका छन् । शहरी क्षेत्रको मत गणनाा सुरु भएपछि रविको मतान्तर अझै घट्ने देखिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।