सेयर कारोबार खोलिदिन नेप्सेसँग साना किसान र आरएमडिसी लघुवित्तको आग्रह


मर्जर प्रकृयामा रहेका थोक लघुवित्त कम्पनीहरु साना किसान र आरएमडिसी लघुवित्तले रोक्का रहेको सेयर कारोबार खुलाइदिन नेप्सेसँग आग्रह गरेका छन् ।

नेप्सेका अनुसार लघुवित्तहरुको आधारभुत बाहेकका सेयरधनीलाई कारोबार सुविधा दिने तयारी थालिएको छ । माग गरिएका कागजात आए पछि प्रकृया पुरा गरी केही दिनमा नै दुवै लघुवित्तको सेयर कारोबार सुचारु गराइने नेप्सेले जनाएको छ ।

गत भदौ ३१ गते साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी मर्जर सम्झौता भएको थियो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर ९१००स्८७० कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने संयुक्त लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा। शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २।२ जना, सर्वसाधारण समूहबाट १।१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने सहमति भएको छ ।

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।