लघुवित्तहरुले माघदेखि मासिक रुपमा आधारदर सार्वजनिक गर्नुपर्ने


लघुवित्त संस्थाहरुले आगामी माघ महिनादेखि अनिवार्य रुपमा आधारदर सार्वजनिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले माघदेखि अनिवार्य रुपमा आधारदर प्रत्येक महिना सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको ५५ नम्बर बुँदामा मा भनिएको छ “लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ ।”

लघुवित्त संस्थाहरुमा १५ प्रतिशतको क्यापलाई निरन्तरता दिइएको बताउँदै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भने “‘आधारदरमै रहेर ब्याजदर निर्धारण गर्न लगाउने व्यवस्था लघुवित्तका लागि उचित नहुन सक्छ । यो अवस्थालाई हेरेर अर्धवार्षिक समीक्षा पश्चात आधारदरको आधारमा ब्याजदर सार्वजनिक गराउन सकिन्छ ।”

कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ०.४ प्रतिशत विन्दुले घट्यो

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।